होटल भित्र पसेकोे चितुवा उद्दार गर्दा मर्‍याे

 कात्तिक १४, २०७५ बुधबार ८:४३:३३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्बर  १ मा रहेको सुदीप होटल भित्र फेला परेको चितुवा मरेको छ ।

चितुवाले कुकुरलाई आक्रमण गर्ने क्रममा स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा सुदिप होटेल भित्र छिरेको थियो । 

होटल भित्र चितुवा पसेको खबर पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको  टोली सुदिप होटेलमा पुगेर चितुवा नियन्त्रणमा लिई जिल्ला वन कार्यालय अर्घाखाँचीलाई बुझाएको थियो  ।

चितुवालाई नियन्त्रणमा लिनका लागि छोप्ने क्रममा घाइते भएको थियो । घाइते अवस्थामा  जिल्ला वन कार्यलयमा पुगेको चितुवा मंगलबार राति नै मरेको सहायक जिल्ला वन अधिकृत शिला पोख्रेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया