अभिनेता शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

 जेठ २६, २०७५ शनिबार ११:२४:५३ | उज्यालो सहकर्मी

बलिउड अभिनेता शाहरुख खानकी बहिनी (काकाकी छोरी) नुर जेहान पाकिस्तानको संददीय चुनावमा उठेकी छिन् ।

जुलाई २५ मा हुने संसदको चुनावमा उनी पाकिस्तानको पेशावर शहरको खैबर पाख्तुनख्वा चुनावी क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेकी हुन् । उनले आफूले महिला सशक्तिकरणमा काम गर्ने गरी चुनावमा भाग लिएको बताएकी छिन् ।

उनले आफूले संविधानमा रहेका समस्याको बारेमा पनि आवाज उठाउने बताएकी छिन् । जेहान र शाहरुखबीच घनिष्ठ सम्बन्ध छ । उनी दुई पटक बलिउड सुपरस्टार शाहरुख खानलाई भेट्न भारत आएकी थिइन् ।

सन् १९४७ मा भारत–पाकिस्तानको विभाजनमा शाहरुखमा बुबा मिरताज मोहम्मद दिल्ली आएका थिए । तर उनका भाइ गुलाम मोहम्मद पाकिस्तानमै बसेका थिए । गुलाम मोहम्मदका दुई छोरा मन्सुर खान, कमसुद खान र एक छोरी नुर हुन् ।

सन् १९७८ मा शाहरुख खान पहिलो पटक आफ्ना बुबासँग पाकिस्तानको पेशावर पुगेका थिए । नुर भने सन् १९९७ मा पहिलो पटक मुम्बई आएकी थिइन् ।

–एजेन्सीकाे सहयाेगमा

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया