नवौं कोरियन भाषा परीक्षा सुरु

 जेठ २६, २०७५ शनिबार ११:२८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कोरियन भाषा परीक्षा सुरु भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत दक्षिण कोरियामा रोजगारीमा जान चाहाने युवाका लागि शनिबार र आइतबार परीक्षा भइरहेको छ । 

परीक्षा दुई शत्रमा सञ्चालन गरिएको इपिएस शाखाले जनाएको छ । पहिलो चरणको परीक्षा बिहान १० बजेदेखि र दोस्रो चरणको दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ । गएको वर्ष काठमाडौं र ललितपुरमा मात्र परीक्षा सञ्चालन भएकोमा यो वर्ष पोखरामा पनि परीक्षा केन्द्र तोकिएको छ । 

काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएको छ । यो वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा गरी १० हजार दुई सय युवालाई लैजाने छ । 

परीक्षामा ८२ हजार २ सय ६४ परीक्षार्थी सहभागी भएको इपिएस शाखाले जनाएको छ । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएका छन् । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया