उज्यालो समाचार प्रभाव : राजमार्गको जग्गा बेच्ने बाबुछोरा पक्राउ

 जेठ २६, २०७५ शनिबार ११:५६:३३ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डमा पर्ने करिब ८ कठ्ठा जग्गा बिक्रि गर्ने बाबुछोरा पक्राउ परेका छन् ।

राजमार्गको जग्गा बिक्रि गरेको आरोपमा त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने ८७ वर्षका शिवप्रसाद दाहाल र उनका छोरा बुद्धिप्रसाद दाहाल पक्राउ परेका हुन ।
सगरमाथा हाईवेको जग्गा बिक्रि गरेको आरोपमा बाबुछोरालाई नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

शुक्रबार उज्यालो अनलाइनमा मालपोत कर्मचारीको मिलेमतोमा राजमार्गको जग्गा बिक्रि भन्ने समाचार प्रकाशित भएको थियो । एसपी भट्टले उज्यालो अनलाइनमा प्रकाशित भएको समाचार थाहा पाएपछि जग्गा बिक्रि गर्ने बाबुछोरालाई शनिबार पक्राउ गरिएको बताउनुभयो ।

बाबुछोरा दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाको अनुसन्धान गरिएको भट्टले बताउनुभयो । मालपोत कार्यालयको मिलेमतोमा स्थानीय शिवप्रसादले सडकको नाममा रहेको ७ कठ्ठा १९ धुर जग्गा बिक्रि गरेका थिए । त्यो जग्गा ललितपुर खोकना ३ का नेपाल डंगोललाई १ करोड २७ लाख २० हजारमा रजिष्ट्रेसन पास गरी बिक्रि गरिएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया