बुहारी खोज्न गएकी सासू बेपत्ता, बुहारी मृत भेटिइन्

 कात्तिक १५, २०७५ बिहिबार १२:३४:५४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा बेपत्ता भएका सासूबुहारीमध्ये बुहारी मृत फेला परेकी छिन् । दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउकी ३० वर्षीया निर्मला भट्ट बिहीबार मृत भेटिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्याम सिंह महराले बताउनुभयो । 

मृतक निर्मलाकी सासु ५२ वर्षीया पार्वती भट्ट बेपत्ता हुनुहुन्छ ।

बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नफर्कदा सासु पार्वती निर्मलाको खोजी गर्न जाँदा आफैँ बेपत्ता हुनुभएकाे प्रहरीले जनाएको छ ।  

दुवैजना रातिसम्म पनि घर नफर्किएपछि घरपरवारका अन्य सदस्यले खोजी गर्दा निर्मला स्थानीय ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।  

निर्मलाकी सासु पार्वती अहिलेसम्म पनि बेपत्ता हुनुहुन्छ । बेपत्ता पार्वतीको खोजीका लागि सहायक प्रहरी निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीटोली परिचालन गरिएको छ । 

घटना रहस्यमय रहेकोले थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया