सेती नदीमा नुहाउने क्रममा सशस्त्रका जवान बेपत्ता

 कात्तिक १५, २०७५ बिहिबार १४:१७:१९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सेती नदीमा नुहाउने क्रममा बगेर सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । बिहीबार दिउसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताउनुभयो । 

बेपत्ता सशस्त्र प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको सशस्त्र प्रहरीका डीएसपी भुवनराज पन्तले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया