मट्टितेलको बिक्री फेरि बढ्यो

 कात्तिक १५, २०७५ बिहिबार १६:४५:१६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – विगतमा मट्टितेलको बिक्री घटे पनि अहिले फेरि बिक्री बढ्न थालेको छ ।

नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार पछिल्लो तीन वर्षको तथ्यांक अनुसार मट्टितेलको बिक्रीको परिमाण बढेको छ । 

निगमका अनुसार आर्थिक वर्ष २०७१-७२ मा  ३०९ किलोलिटर बिक्री भएकोमा आर्थिक वष २०७४-७५ मा  एक हजार ८८० किलो लिटर मट्टितेल बिक्री भएको छ । 

चार वर्षको अवधिमा करिब ६ गुणाले मट्टितेलको बिक्री बढेको छ । आयल निगमका अनुसार आर्थिक वर्ष २०७२-७३ मा एक हजार  ८३० किलोलिटर मट्टितेलको बिक्री भएको थियो । 

विकास निर्माणलगायतका कार्यमा मट्टितेलको प्रयोग हुने गरेको छ ।  यसैगरी सुरक्षा निकायले समेत यसको प्रयोग गर्ने गरेका छन् । 

आयल निमगको डिपो कार्यालयले  आर्थिक वर्ष २०७०-७१ मा ८९९ किलोलिटर मट्टितेल बिक्री गरेकोमा २०७३-७४ मा एक हजार ७०३ किलो लिटर मट्टितेल बिक्री गरेको नेपाल आयल निगमको नेपालगञ्ज इन्धन डिपो कार्यालयका प्रमुख अभिशेषकुमार ठाकुरले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया