कोहलपुर–सुर्खेत प्रसारण लाइन : ६ हजार २ सय ३६ वटा रुख काट्ने...
चैत १६, २०८० शुक्रबार
सिरहा – सिरहाको भिन्दाभिन्दै ठाउँमा परिचय नखुलेका दुई शव फेला परेका छन् ।
लहान नगरपालिका–३, मटियर्वामा अन्दाजी ३५ वर्षीय जति देखिने एक युवकको शव पानीमा डुबेको अवस्थामा बिहीबार विहान फेला परेको हो ।
मझौला शरिर भएको, दाह्री जुँगा पालेको, दाहिने पाखुरामा ट्याटु खोपेको, हरियो सेतो कोठे हाफ पाइन्ट र सर्ट लगाएको युवकको शव फेला परेको प्रहरीले जनाएको छ । युवकको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको जनाइएको छ ।
त्यसैगरी, सिरहा नगरपालिका–६ मा रहेको कमला नदी किनारमा बुधबार अपराह्न एउटी अपरिचित युवतीको शव फेला परेको छ ।
अन्दाजी करिब २५ वर्षकी देखिने मधेसी मूलकी महिलाको शव बुधबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिनुभयो ।
रातो रंगको कुर्ता, कालो सुरुवाल, कालै सुइटर, आकाशे निलो रंगको सल लगाएकी युवतीको शवको अझै सनाखत हुन सकेको छैन ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।