काठमाडौंका मुख्य अाठ सम्पदाको अवस्था

 कात्तिक १६, २०७५ शुक्रबार १३:४६:५१ | मदन पौड्याल
unn.prixa.net

काठमाडाैं - भूकम्पले ढलेको ४ वर्षपछि धरहरा बनाउने काम सुरु भएको छ । काम सुरु भएसँगै अबको दुई वर्षमा धरहरा बन्ने आशा पलाएको छ ।

धरहरा पुनर्निर्माणको काम ढिला गरी सुरु भएको हो । तर रानीपोखरी, काष्ठमण्डप जस्ता ऐतिहासिक संरचना पुनर्निर्माणमा अझै पनि विवाद र ढिलासुस्ती देखिएको छ ।

कुन सम्पदाको अवस्था के ?

धरहरा

निर्माणको काम सुरु । दुई वर्षभित्र बनाइसक्ने लक्ष्य ।

रानीपोखरी 

अझै पनि अन्यौलमा । बितेका ४ वर्षमा पनि खण्डहर । शैली र स्वरुपमा विवाद । 

बालगोपालेश्वर मन्दिर 

काम सकिने बेला अलपत्र । यसपालीको भाइटीकामा पनि नखुल्ने । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा शैली र स्वरुपबारेको विवाद बढी देखिन्छ । 

बसन्तपुरको नौ तले दरबार

चीन सरकारको सहयोगमा पुनर्निर्माणको काम चल्दै भैरहेको छ ।

काष्ठमण्डप 

काष्ठमण्डप मन्दिरको पुनर्निर्माण सुरु । तर भौतिक रुपमा प्रगति अझै देखिन सकेको छैन ।

माजुदेग मन्दिर

माजुदेग मन्दिरको पुनर्निर्माण सुरु । 

कुमारी घर

पुनर्निर्माणको काम सुरु भएको छैन । पुनर्निर्माण गर्ने जिम्मेवारी काठमाडौं महानगरपालिकाको हो ।

बाघदरबार-हरिभवन

ऐतिहासिक बाघदरबारको पनि काम अझै सुरु भएको छैन । दरबार भत्काएर नयाँ बनाउने तयारी भैरहेको छ । 

विज्ञको एकथरी मत, स्थानीयको आफ्नै माग, जनप्रतिनिधिको अडान, जिम्मेवार निकायको समन्वय अभावले सांस्कृतिक सम्पदा पुनर्निर्माण तथा संरक्षणको काम ओझेलमा परेको हो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया