जनकपुरको रत्नसागरमा एक युवतीको शव फेला

 जेठ २६, २०७५ शनिबार १४:२२:५२ | शैलेन्द्र महतो

धनुषा – जनकपुरको रत्नसागर पोखरीमा शनिवार एक युवतीको शव भेटिएको छ । 

जनकपुर उपमहानगरपालिका–८ मा पर्ने रत्नसागर पोखरीमा रातो कुर्ता सुरुवाल लगाएकी गहुँगोरो वर्णकी अन्दाजी २०-२२ वर्षकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।

युवतीको ८-१० घण्टा पहिले डुबेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको र पोखरी आसपासका बासिन्दाले समेत शवको पहिचान गर्न नसकेकाले थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

पोखरीमा शव तैरिएको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । 

शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया