कर्णाली प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

 कात्तिक १६, २०७५ शुक्रबार १७:२६:१३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशसभाको शुक्रबार बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

संसद सचिवालयले सूचना टाँसेर प्राविधिक कारणले १८ गतेसम्मका लागि बैठक स्थगित गर्नुपरेको जनाएको छ । संसद सचिवालयले सूचना टाँसेर अर्को बैठक कात्तिक १८ गते दिउँसो ३ बजेका लागि तोकिएको छ ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले १८ गते बस्ने संसद बैठकले कर्णाली प्रदेशसभा सदस्य र मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा सम्बन्धी बनेको विधेयक माथि छलफल गर्ने कार्य सूची रहेको बताउनुभयो ।

यस्तै बैठकले  दोश्रो अधिवेशन समेत सपन्न गर्ने सम्भावना रहेको सभामुख शाहीले जानकारी दिनुभयो । ‘शुक्रबार बस्ने भनिएको बैठक प्राविधिक कारणले स्थगित गरेका हौँँ’, उहाँले भन्नुभयो, ‘अब बस्ने बैठकले दोस्रो अधिवेशन समापन गर्ने सम्भावना रहेको छ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया