खोलामा नाङ्गै नुहाउने ४० विदेशीलाई फिर्ता पठाउने तयारी

 कात्तिक १६, २०७५ शुक्रबार १८:३:४ | प्रेमनारायण आचार्य

अर्घाखाँची – स्थानीय प्रशासनको अनुमति बिना अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने झण्डै ४० जना विदेशीलाई प्रहरीले फिर्ता पठाउने प्रयास गरिरहेको छ ।

शितगंगा नगरपालिकाको वडा नम्बर–६, बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमति बिना प्रवेश गरी टेन्ट टागेर नाङ्गै विभिन्न उच्छ्रृखल गतिविधि गरेपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरी लागि परेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

विदेशी ४० जनाको टोलीले नग्न अवस्थामा खोलामा नुहाउने, माटो दल्ने, तस्बिर खिच्ने जस्ता गतिविधि गर्ने र बिना सूचना र अनुमति टेन्ट नै टाँगेर बसेपछि उनीहरुलाई फिर्ता पठाउन गए रातिदेखि नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रहरी प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो ।

‘महिला र पुरुषहरु नाङ्गै बस्ने, नुहाउने, माटो दल्ने, योगा गर्ने जस्ता गतिविधि भैरहेका छन्’,  घमले भन्नुभयो । विदेशी नागरिक ल्याउने नेपाली दुईजनालाई प्रहरीले गएराति नै पक्राउ गरी सकेको छ । अर्का एक जनालाइ पनि पक्राउ गर्न प्रहरी परिचालन भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया