कार्यकर्ता हत्याको विरोधमा सर्लाही कांग्रेसले गर्‍याे आन्दोलनको घोषणा

 कात्तिक १६, २०७५ शुक्रबार १८:२४:२४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको रामनगर गाउँपालिकामा गएको मंगलबार भएको  घटनाको विरोधमा नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार विज्ञप्ति  जारी गर्दै  दोषीलाई कारवाहीको माग गर्दै आन्दोलनको  कार्यक्रम घोषणा गरेको छ । शुक्रबार सदरमुकाम मलङ्गवामा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समितिको आकस्मिक बैठकले गोलीकाण्डको घटनामा पार्टीले राखेका चार मागमध्ये कुनै पनि सम्बोधन नभएको भन्दै आन्दोलन घोषणा गरिएको हो । नेकपाका कार्यकर्ताले गोली प्रहार गर्दा आफ्ना कार्यकर्ता रामविलास महतोको ज्यान गएको कांगे्रसले आरोप लगाउँदै आएको छ । 

घटनापछि रुष्ट बनेको कांगे्रसले मृतकलाई शहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, गोलीको छर्रा लागेर घाइते भएकाहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने कांगे्रसले माग राखेको छ ।

आफूहरुले राखेका माग पूरा गराउन स्थानीय प्रशासनले कुनै पहल नगरेकाले आन्दोलनको आकस्मिक बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको कांगे्रस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले जानकारी दिनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सर्लाहीले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दावी गरिरहेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया