भोजपुरमा १८ वर्षीय युवतीलाई दुई वर्ष कैद

 जेठ २६, २०७५ शनिबार १५:५५:४१ | उज्यालो सहकर्मी

भोजपुर - मानव बेचविखन तथा ओसार पसारको मुद्धामा १८ वर्षीया एक युवतीलाई दुई वर्ष कैद सजाय सुनाइएको छ । 

जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका वडा नं–६ दोभानेकी १८ सविना राईलाई दुई वर्ष कैदको फैसला सुनाएको हो ।

राईलाई त्यसै वडाका दुई जना किशोरीलाई बेचबिखन गर्न लागेको आरोपमा जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐनको दफा १५ को उपदफा १ को (च) बमोजिम २ वर्ष कैदको फैसला गरेको हो ।

आफ्नै गाउँका नाता पर्ने १५ र १६ वर्षीय दुई जना किशोरीलाई ललाइफकाई होटलमा जागिर लगाइदिन्छु भन्दै भारततर्फ लैजाँदै गर्दा संखुवासभा प्रहरीले गएकाे वैशाख ५ गते राईलाई पक्राउ गरेको थियो ।

संखुवासभामा आवश्यक बयानपछि राईलाई संखुवासभा प्रहरीले जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो । विराटनगरको एक होटलमा काम गर्दै आएकी आरोपी राई दोभानेमा आएर गएको वैशाख ४ गते दुई किशोरीलाई गाउँबाट लिएर भारततर्फ हिडेकी थिइन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया