जीपकाे ठक्करबाट मोटरसाइकलमा सवार ज्वाईँ–जेठानको ज्यान गयो

 कात्तिक १७, २०७५ शनिबार ५:५१:२७ | भावुक योगी

बाँके – बाँकेको कोहलपुरमा शुक्रबार बेलुका ल्याण्डरोभर जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । 

बाँकेको कोहलपुर विद्युत चोक नजिक बा ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका –१, भूरिगाउँका ५५ वर्षीय काशीचन्द्र न्यौपाने र ठाकुरबाबा नगरपालिका –९, ठाकुरदराका ५० वर्षीय इन्द्रप्रसाद भट्टराईको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये काशीचन्द्र न्यौपाने ज्वाईँ र इन्द्रप्रसाद भट्टराई जेठान रहेको बताइएको छ । ल्याण्डरोभरले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका दुवै जना कामको सिलसिलामा नेपालगञ्ज गएर घर फर्कने क्रममा नेपालगञ्जको सिद्धार्थ होटलको ल्याण्डरोभर गाडीले कोहलपुर नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने नेपालगञ्जमा रहेको सिद्धार्थ होटलको ल्याण्डरोभर गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको कोहलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल लैजाने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया