ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

 कात्तिक १७, २०७५ शनिबार ८:३४:५० | तपेन्द्र बिष्ट

डडेल्धुरा – डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ । 

भागेश्वर गाउँपालिका –२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो । 

से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: भदौ २७, २०७६

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया