कुकुरले झम्टिरहेको अवस्थामा उद्धार गरिएको रेडपाण्डाको मृत्यु

 कात्तिक १७, २०७५ शनिबार ११:२८:५८ | सुजता सुनुवार
unn.prixa.net

फाइल फाेटाे

इलाम – दुई वटा कुकुरले झम्टिरहेको अवस्थामा भेटिएको रेडपाण्डाको मृत्यु भएको छ । 

इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ माईपोखरीको तीनकुने भन्ने ठाउँमा भेटिएको रेडपाण्डालाई कुकुरबाट जीवितै खोसिएको थियो ।  

कुकुरले झम्टिरहेको अवस्थाबाट खोसेको केही समयपश्चात नै रेडपाण्डा मरेको स्थानीय कृष्ण गुरुङले जानकारी दिनुभयो । बन्दुके प्रहरी चौकी र वनका कर्मचारीहरुले मृत रेडपाण्डालाई पोस्टमार्टमका लागि जिल्ला वन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

रेडपाण्डा नेटवर्कको अध्ययनले नेपालको २३ जिल्लामा रेडपाण्डा पाइने देखाएको छ । नेपालमा तीन सय ५० को संख्यामा रहेका रेडपाण्डा इलामको जमुना, माइपोखरी, जोगमाई, माइमझुवा र माबुमा पाइने उच्च पहाडी जडिबुटी उत्पादक संस्थाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया