आजदेखि सञ्चालनमा आयो कालिञ्चोकमा केबलकार

 कात्तिक १७, २०७५ शनिबार २०:४४:१२ | उषा तामाङ
unn.prixa.net

फाइल तस्बिर

दोलखा – दोलखाको कालिञ्चोकमा केबलकार सञ्चालन भएको छ ।

दसैँअघि परीक्षण गरिएको केबलकारदेखि व्यावसायिक सञ्चालन शुरु भएको हो । केबलकार सञ्चालन भएपछि कुरी–कालीञ्चोक आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सजिलो भएको छ ।

जम्मा चारवटा केवलकार रहेकोमा शनिबारदेखि एउटा सञ्चालनमा आएको केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो । केबलकार ४५ करोड रुपैयाँको लागतमा साढे दुई वर्षमा निर्माण गरिसकिएको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया