सभामुख र उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्ने कांग्रेसको माग

 जेठ २६, २०७५ शनिबार १८:७:० | उज्यालो सहकर्मी

 
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने माग गरेको छ । 

रिपोर्टस क्लबमा शनिवार भएको कार्यक्रममा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले संबिधानमा सभामुख र उपसभामुख फरक फरक दलको नेता हुनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै अब एमाले र माओवादी केन्द्र मिलेर एकै दल बनेकाले सभामुख र उपसभामुख मध्ये एकजनाले राजिनामा दिनुपर्ने बताउनुभएको हो । 

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संबिधान अनुसार नै निकास खोजिने बताउनुभयो ।

यो विषयमा कानूनविद्हरुसँग छलफल गर्ने र नयाँ परिस्थिति अनुसार प्रतिपक्षसँगपनि छलफल गरी सहमतिमा पुगिने उहाँको भनाई छ ।
सभामुख र उपसभामुखको चुनाव दुई पार्टीबीच एकता हुनुपूर्व नै भएको र अब पार्टी एक भइसकेको अवस्थामा संबिधानको मर्म अनुसार नै अघि बढ्ने उहाँको भनाई छ । 
नेता पौडेलले अभियोग लाग्दैमा कोही पनि अपराधी नहुने तर्क गर्दै सहमतिका साथ पारित भएको प्रतिनिधिसभा सञ्चालन नियामावलीले राजनीतिक संस्कारको विकास गरेको बताउनुभयो । 
नेता पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्थाबारे पार्टीभित्र पनि छलफल शुरु भएको तर खास आकार भने लिइनसकेको बताउनुभयो । नेता बडुले भने आफ्नो पार्टीले कुनैपनि हालतमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नमान्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया