माइनसमा झर्‍याे हुम्लाकाे तापक्रम, कात्तिकमै हिमपात

 कात्तिक १८, २०७५ आइतबार १०:३३:३६ | रासस
unn.prixa.net

हुम्ला – हिमाली जिल्ला हुम्लामा आइतबार बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात सुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।
 
आइतबार बिहानबाट सुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुन थालेको हो । 

यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताउनुभयो । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया