नयाँ एनसेल सेन्टर नयाँ बानेश्वरमा

 कात्तिक १८, २०७५ आइतबार ११:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउन नयाँ बानेश्वरमा सुविधा सम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । 

बिहीबार औपचारिक रुपमा उद्घाटन गरी संचालनमा आएको यो सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ । 

“नयाँ बानेश्वरको यो नयाँ सेन्टर ग्राहकमैत्री डिजाइनमा छ, जसले एनसेल ग्राहक केन्द्रित कम्पनी हो भन्ने तथ्यलाई प्रतिबिम्बित गर्दछ । यसको सञ्चालन हाम्रो लागि नयाँ यात्राको शुरुवात पनि हो, जस अन्तर्गत हामी आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्न आउँदा दिनहरुमा थप यस्ता सेन्टरहरु संचालनमा ल्याउने छौं,” बिहीबार नयाँ सेन्टरको उद्घाटन गर्दै एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्गले भन्नुभयो । 

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले नयाँ बानेश्वर सेन्टरमा आएका पाँचजना ग्राहकहरुलाई उपहार प्रदान गर्दै सम्मान पनि गरेको थियो । 

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियूजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्नलगायतका अन्य सम्पूर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।  

सेन्टर आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ९ बजे खुल्ने र साँझ ७ बजे सम्म सेवाप्रदान गर्नेछ । त्यसैगरी शनिबारका दिन बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म सेन्टरबाट सेवा लिन सकिनेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया