निर्मला हत्याकाण्ड : पीडित परिवारद्वारा चरणबद्ध आन्दोलनको घोषणा

 कात्तिक १८, २०७५ आइतबार १३:१९:५४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – सरकारले अपराधि पत्ता लगाउन ढिलासुस्ती गरेको भन्दै निर्मलाको परिवारले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै निर्मलाको परिवारले सरकारले घटनाको १ सय २ दिन वितिसक्दा पनि अपराधि पक्ता नलागेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले २५ गतेसम्म अपराधिलाई पत्ता नलगाए आफूहरु चरणबद्ध आन्दोलनमा जाने बताउनुभयो ।

उहाँले यतिका दिनसम्म अपराधि पत्ता नलाउनेतर्फ सरकारले वास्ता नगरेको भन्दै छोरीको न्यायका लागि आफूहरु तिहारपछि आन्दोलनमा जाने बताउनुभयो ।

उहाँले आन्दोलनको पहिलो चरणअन्र्तगत जिल्ला प्रशासन कार्यालयको गेट अगाडि परिवारसहित धर्नामा बस्ने र त्यसको पनि सुनुवाई नभए आसनमा बस्ने बताउनुभयो ।

सरकारले आफूहरुको मागको वेवास्ता गरेको बताउदै उहाँले आरोप लगाउनुभएको छ ।  
 

अन्तिम अपडेट: चैत ७, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया