पूर्वमन्त्री एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

 कात्तिक १८, २०७५ आइतबार १४:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पूर्वमन्त्री, मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको अाइतबार निधन भएकाे छ ।

७८ वर्षको उमेरमा तुलाधरको आइतबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित तुलाधरलाई केही महिनाअघि मात्रै अस्पताल भर्ना गरिएको थियो ।

उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । तुलाधर २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बन्नु भएको थियो । २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि उहाँ मावनअधिकार अभियन्ताका रुपमा चिनिनु भएको हो ।

पञ्चायतकालदेखि राजनीति थाल्नु भएका तुलाधार २०६२-६३ को जनआन्दोलनमा नेताहरुसँगै आन्दोलनमा सहभागी हुनुभएको थियो । तुलाधरले तत्कालीन माअाेबादीलार्इ शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएकाे थियाे ।

 

याे पनि पढ्नुहाेस्

पद्मरत्न तुलाधर : रातो ‘युगधारा’ को युगपात्र

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया