दुई तिहाइको दम्भ र असीमित महत्वाकांक्षाले देशमा अनिष्ट निम्तिन सक्छ : पाैडेल

 जेठ २६, २०७५ शनिबार १९:२४:२ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ २६ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले दुई तिहाई बहुमतको दम्भमा रहेको सरकारका कारण देशमा अनिष्ट हुनसक्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिवार भएको कार्यक्रममा उहाँले सरकार दुई तिहाईको महत्वाकांक्षा बोकेर हिंडिरहेकाले यसले देशलाई खतरातर्फ अघि बढाउन सक्ने भएकाले प्रजातन्त्रवादीहरु सजग हुनुपर्ने बताउनुभयो । 

सरकार सञ्चालनका लागि आवश्यक बहुमत भए पनि अर्को दललाई सरकारमा लगेर दुई तिहाई पुर्याएर कार्यकारी राष्ट्रप्रमुखको प्रसंग उठाउनुले अनिष्टको संकेत गरेको उहाँको भनाई छ । 

नेता पौडेलले असीमित महत्वकांक्षामा सरकार र सरकारमा सहभागी दलका नेताहरु अघि बढेकाले देश दुर्घटनामा पर्ने खतरा बढेकोे तर्क पनि गर्नुभयो ।

यो संकटबाट मुलुकलाई जोगाउन प्रजातन्त्रवादीहरु एकजुट हुनुपर्ने उहाँको भनाई थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया