प्रहरीले माफी मागेपछि खुल्यो सिद्धिचरण राजमार्ग

 कात्तिक १८, २०७५ आइतबार १९:४:२३ | सुमित्रा कोइराला
unn.prixa.net

फाइल तस्बिर

उदयपुर – प्रहरीले ज्यादती गरेको भन्दै आइतबार बिहानदेखि उदयपुरको कटारी ४ मरुवाका स्थानीयले अवरुद्ध पारेको सिद्धिचरण राजमार्ग खुलेको छ ।

इलाका प्रशासन कार्यालय, नगरपालिका प्रहरी र स्थानीयबीच भएको वार्तापछि आइतबार दिउँसोदेखि खडक खुलेको हो । कटारीदेखि १० किलोमिटरको दूरीमा रहेको वडमीमा कसमस सिमेन्टको चुनढुंगा खानी छ र त्यहीँबाट कसमस सिमेन्ट उद्योगले चुनढुंगा ढुवानी गर्छ । चुन ढुंगाको ढुवानी गर्दा दिनदिनै टिप्परको आतंक बढेको भन्दै स्थानीयले टिप्परबाट निस्केको धुलो, धुवा साथै सवारी सुरक्षा व्यवस्था गर्न माग गर्दै नगरपालिकामा उजुरी दिएका थिए । 

टिप्पर संचालनका लागि वैकल्पिक सडक प्रयोग गर्ने भनिएको थियो । स्थानीयको माग पूरा नभएपछि सिमेन्ट उद्योग सञ्चालकविरुद्ध स्थानीय उत्रेका थिए । उनीहरुले टिप्पर चलाउन नदिने भन्दै रोकेर राखेका थिए ।

त्यही विषयमा विवाद हुँदा प्रहरी कार्यालय कटारीका डीएसपी ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा मध्यराति पुगेको टोलील लाठ्ठी चार्ज गरेको थियो । टोलीले महिलाहरुमाथि हातपात गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए ।

सहमतिमा महिलाहरुमाथि अभद्र व्यवहार गर्ने जिम्मेवार पक्षले सार्वजनिक रुपमा माफि माग्ने, टिप्पर बैकल्पिक मार्गवाट मात्रै सञ्चालन गर्ने, द्धन्द श्रृजना गर्ने अनिश थापालाई तीन दिनभित्र उपस्थित गराई कारबाही गर्ने, पीडित  घाइतेहरुको इलाका प्रशासन कार्यालयको रोहवरमा उपचार गर्ने, गाली गलोज गर्ने प्रहरीलाई आवश्यक विभागीय कारबाहीका लागि सिफारिस गर्ने सहमति भएको छ ।

त्यसैगरी प्रहरी नायव निरीक्षक श्यामबहादुर राउत र प्रहरी हवल्दार रामेश्वर खड्कालाई आवश्यक कारबाही गर्ने सहमति भएको छ । सडक अवरुद्ध हुँदा बिहानदेखि ओखलढुंगा खोटाङ्ग, सोलुखुम्बु र उदयपुरका पाहाडी क्षेत्र हिँडेका यात्रुहरु अलपत्र परेका थिए । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया