न्यू क्यालेडोनियाका नागरिक फ्रान्सबाट स्वतन्त्र हुन चाहेनन्

 कात्तिक १८, २०७५ आइतबार २०:२:२७ | रासस
unn.prixa.net

न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने विषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकीकृत फ्रान्सको पक्षमा आएको छ ।

मुख्य भू–भागबाट झण्डै १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६।४ प्रतिशत नागरिकले मतदान गरेका थिए । त्यो भूमिमा एक लाख ७५ हजार नागरिकको बसोबास रहेको छ । उक्त क्षेत्रमा पछिल्लो समय चीनको बढ्दो प्रभाब छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँनले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका नागरिकलाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

म्याक्रोँनले भन्नुभयो, ‘जनमतसङ्ग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भू–भाग रहने गरी निर्णय आएको छ । यसबाट हामी सबैलाई ठूलो गौरब भएको छ । यो ऐतिहासिक कदमलाई शान्तिपूर्वक सँग–सँगै सफल पारेकोमा राष्ट्रप्रमुखका रूपमा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

निर्वाचन परिणामपछि राष्ट्रका नाममा गरेको सम्बोधनमा उहाँले भन्नुभयो, ‘बहुमत क्यालेडोनियालीले फ्रान्स नै रोजेका छन् उनीहरूको नेता बन्न पाउँदा मलाई खुशी लागेको छ । यो गणतन्त्र फ्रान्सको भविष्य र महत्वबारे विश्वासको सङ्केत हो ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया