दराजले नाेभेम्बर ११मा विश्वकै सबैभन्दा ठूलो सेल डे मनाउँदै

 कात्तिक १८, २०७५ आइतबार २०:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अनलाइन किनमेल साइट दराजले यही आउँदो नोभेम्बर ११ अर्थात ्कार्तिक २५ गतेलार्इ नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा मनाउने तयारी गरेको छ । 

यो कार्यक्रमलाई बृहत्तर इ–कमर्स सञ्चालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन शुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको छ । यसलार्इ दराज ११.११ नाम दिइएकाे छ ।

दराज ११.११ सेल नोभेम्बर ११ अर्थात् कार्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र ठिक २४ घण्टासम्म खुला रहनेछ । यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महाछुट प्रदान गरिनेछ । यो अवधिमा खास नयाँ सामानहरुको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्य उपहारहरु दिनभरी नै चल्नेछ । 

यसमा १००० भन्दा बढीको संख्यामा स्थानीय बिक्रेताहरु हुनेछन् जुन यसअघि कहिल्यै भएको थिएन । 

११.११ नयाँ दराजएपको पहिलो मेगा सेल कार्यक्रम हो, यसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट उत्पादनहरु र डिलहरु प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमा उत्कृष्ट अनुभव दिलाउनेछ ।

क-कसले धेरै छुट दिइरहेका छन्?

दराज ११.११ सेलले औद्योगिक क्षेत्रका सर्वश्रेष्ठ खेलाडीहरुलाई एकै ठाऊँमा ल्याएको छ । एमआई, वानप्लस, टाइटन, गोल्डस्टार, एडिडास, नाइक, पाल्सोनिक अष्ट्रेलिया, म्यानह्याटन, रीबक, मन्त्र गिटार्स, होम ग्लोरी, जे फिसर, रङ्गोली, सामसुङ्ग, एन्कर, सोनम गीयर्स र होलिडे प्याकेजहरुले आकर्षक डिलहरुका साथ थप भाउचरहरु प्रदान गर्नेछन् ।

दराज ११.११ कसरी प्राप्तगर्ने ?

स्मार्टफोन भएकाहरुले दराज एप डाउनलोड गरेपछि हज्जाराैं उत्पादनहरुमा पाइने उत्कृष्ट छुट एवं डिलहरुसम्म सहज पहुँच हुनेछ । यस्ता छुटहरुलाई शपिङ कार्टमा जोड्न सकिनेछ र नोभेम्बर ११रकार्तिक २५ का दिन फटाफट चेक आउट गर्नका सकिनेछ ।

ग्राहकहरुले आफ्नो प्रिय ब्राण्डहरुको तर्फबाट डिलहरु र भाउचरहरु उपलब्ध भएको देख्न सक्नेछन् । पछिल्लो डिलहरुको बारेमा थाहा पाउनका लागि भने विभिन्न स्टोरहरु फलो गनुपर्नेछ । 

११.११ सेल अचम्मै अचम्मले भरिएको हुनेछ । फ्ल्यास सेल्स, मिस्ट्री बक्स, अन्य डिलहरु र भाउचरहरु हरेक घण्टामा प्रस्तुत भैरहने छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया