सानिमा जनरल इन्स्याेरेन्स कम्पनी र बैंक अफ काठमाडौंबीच बैंकास्याेरेन्स सम्झौता

 कात्तिक १८, २०७५ आइतबार २०:३७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सानिमा जनरल इन्स्याेरेन्स कम्पनी र बैंक अफ काठमाडौंबीच बैंकास्याेरेन्स सम्झौता सम्पन्न भएकाे छ ।

सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाडाैंबीच निर्जीवन बीमासेवा प्रदान गर्ने सम्बन्धमा बैंकास्याेरेन्स सम्झौता सम्पन्न भएको छ । त्सय सम्झौतामार्फत यस सानिमाले आफ्नो थप सेवाहरु उक्त  बैंक अफ काठमाडौंकोे विभिन्न शाखामार्फत प्रदान गर्ने छ ।

उच्च प्रविधियुक्त सहज तथा द्रुत सेवामार्फत ग्राहकहरुको चाहनाअनुरुप निर्जीवन बीमा पुर्‍याउन थप मदत पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक वर्षभित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ ।

अन्तिम अपडेट: कात्तिक २३, २०७५

तपाईको प्रतिक्रिया