बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
धादिङ – मध्य धादिङको होमस्टे गाउँको नामले चिनिने निलकण्ठ नगरपालिका वडा नम्बर –१, पात्लेमा व्यावसायिक सयपत्री फूल खेती गरिएको छ ।
आइतबार पत्रकारहरुको टोली गाएँ भन्ने ठाउँमा पुग्दा शेरबहादुर गुरुङ उहाँको परिवारसहित फूल टिपेर डोकोमा हाल्दै हुनुन्थ्यो । नजिकैका प्रेमबहादुर गुरुङ र लोकबहादुर गुरुङ पनि फूल टिपेर घरतर्फ लैजाँदै गरेको अवस्थामा भेटिनुभयो ।
सामाजिक अगुवा शेरबहादुर दुई हजारको कोदो फलाउन कठिन हुने बारीमा सयपत्री फूल खेती गरेपछि ६० हजारभन्दा बढी आम्दानी हुने आशाले मख्ख हुनुभएको थियो ।
फूलखेती सुरु गर्दा आफूले गाउँबासीलाई देखाउन र बजारमा धेरै आम्दानी हुन्छ भन्ने प्रत्याभूतिका लागि आफूले नगदेबाली सुरु गरेका शेरबहादुर गुरुङको अनुकरण गर्दै छिमेकीहरुले समेत फूल खेती सुरु गरेका छन् ।
यति धेरै नगद आउने र भारतीय फूललाई प्रतिस्पर्धा गर्न सकिने भएकोले सयपत्री फूल खेती गरेको गुरुङले बताउनुभयो ।
असारमा बीउ रोपेर सुरु गरिने सयपत्री फूलले ५ महिनामा आम्दानी दिन्छ । हातमा नगद पर्छ । वर्षभरिमा दुई चार हजारको आम्दानी गर्न कठिन हुने बारीमा ५०–६० हजार आम्दानी हुने भएकोले गाउँबासी यसतर्फ हौसिएको गुरुङको भनाइ छ ।
नेपालमा भारतीय फूलको माग बढेको भए पनि नेपालमा यसरी नै फूलखेतीतर्फ आकर्षण बढ्ने हो भने परनिर्भर हट्ने उनीहरुको भनाई छ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।