केकीले बनाउँदै ‘कन्याकुमारी’

 कात्तिक १९, २०७५ सोमबार १४:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यो वर्ष रिलिज भएको कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् ।

केकीले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम‘कन्याकुमारी’ राखिएको छ । सुरुवातमा चलचित्रको निर्देशन पनि केकीले नै गर्ने बताइएको थियो तर अन्तिम समयमा आएर उनी निर्देशनबाट पछि हटेकी छन् । अब उनले निर्माण गर्न लागेको दोश्रो चलचित्रलाई पनि विशाल भण्डारीले नै निर्देशन गर्न लागिएको बुझिएको छ  । 

चलचित्र हास्यशैलीमा निर्माण हुनुको साथै महिला केन्द्रित भएको बुझिएको छ । चलचित्रमा ५ जना नायिका रहने केकीको भनाई रहेको छ । चलचित्रको कथा लेख्ने काम भैरहेको छ । चलचित्रको छायांकन फागुनबाट सुरु गर्ने केकीको योजना छ ।

चलचित्रको औपचारिक घोषणा केही दिनभित्रमै गर्ने तयारी भइरहेको उनले बताइन्  ।

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया