डोल्पामा जीप दुर्घटना : १० जनाको ज्यान गयो, २ घाइते

 कात्तिक १९, २०७५ सोमबार १६:१२:११ | उज्यालो सहकर्मी

डोल्पा – डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । 

ज्यान जानेहरुको परिचय खुलेको छैन । डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको  भे १ च १६ १० नम्बरको जीप कालगौँडाबाट भेरी नदीमा खसेको हो । 

जीपमा १२ जना रहेको गाडी धनीले बताएको प्रहरीले जनाएको छ । घटनामा ७ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । 

घाइते डोल्पा त्रिपुरासुन्दरी नगरपालिका –३, का नन्दबहादुर थापा र चालक दिनेश बोहोराको जिल्ला अस्पताल दुनेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया