बजाजको पल्सर  एनएस  १६० टीडी नेपाली बजारमा

 कात्तिक १९, २०७५ सोमबार १७:५८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बजाज कम्पनीले अल न्यू बजाज पल्सर एनएस १६० ट्विन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । 

यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न चार  कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर एनएस १६० टीडीलाई चार  कलर भेरिएन्टमा ल्याइएको छ । जसमा प्यासन रेड, पर्ल मेटालिक ह्वाइट, सफ्फिरे ब्लू  एण्ड ग्लसी पेब्टर ग्रे रहेको छ ।  यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

नयाँ बजाज पल्सर १६० टीडीमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषित गर्न बाइकमा मोटो ह्वील, मोटो टायर, च्येसिस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।

बजाजका अनुसार एनएस युवा पुस्तालाई  लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील् बेस राखिएको छ ।

पल्सर एनएस  ट्वीन डिस्क १६०.३  सीसी सिंगल सिलिन्डर डीटीएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२  लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ ।

पल्सर एनएस   १६० टीडीले  अप्टिमाइजेशनका साथ नोइज, भाइब्रेसन र हार्सनेस लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १६० टीडीको मूल्य दुई लाख ८६  हजार ९०० रुपैयाँ तोकिएको छ ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया