भारतबाट ४० नेपाली युवतीको उद्धार

 कात्तिक १९, २०७५ सोमबार १९:८:२६ | गोविन्द शर्मा

बाँके – भारतको राजधानी नयाँ दिल्लीमा बेचिएका तीन जनासहित ४० जना नेपाली युवतीको उद्धार गरी नेपाल ल्याइएको छ । 

उद्धार गरिएकामध्ये तीन जनालाई नयाँ दिल्लीको जीबी रोडबाट उद्धार गरिएको हो । अन्य ३७ जनालाई भने अवैध बाटो हुँदै खाडी मुलुक लैजान लागिएको अवस्थामा दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबादबाट उद्धार गरिएको हो । 

माइती नेपाल, माइती इण्डिया र भारतीय राजदूतावासले भारतीय सुरक्षा निकायको समन्वयमा युवतीहरुको उद्धार गरेका हुन् । 

सोमबार दिउँसो नेपालगञ्ज आइपुगेका उनीहरुमध्ये १५ जनालाई राजधानी पठाइएको र २१ जनालाई झापा पठाउने तयारी गरिएको माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया