प्रेमलीलाको ‘तक्लु ब्युटी कन्टेस्ट’, सहभागी बनाैँ पुरस्कार जिताैँ

 कात्तिक २०, २०७५ मंगलबार ११:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

माघ २५ लाई आफ्नो प्रदर्शन मिति तय गरेको फिल्म प्रेमलीला ले आफ्नो प्रोमोसन सुरु गरेको छ । फिल्म प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण यूनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजाना गर्ने भएको छ ।

सुन्दरता आँखाको भ्रम हो । मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल पक्कै प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । 

हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौँ । मैले पनि म तक्लु बन्दाको फरक पन र मानिसले महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छुु, फिल्ममा तक्लु बनेकी फिल्मकी नायिका तथा निर्मात्री दीपशिखा खड्काले भनिन् । त्यो अनुभव सबैसँग साट्नका लागि तक्लु ब्युटी कन्टेस्ट आयोजना गर्न लागेको उनले बताइन् ।

प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज प्रेम लीला PremLeela- The movie - https://www.facebook.com/Premleelaa लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० द्वितीय हुनेलाई रु २५,००० र तृतीय हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिने छ ।

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् ।

फिल्ममा महेश खड्का, नवीन कार्की र रविराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । फिल्ममा दीपशिखा र अलीसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेको छ ।

–उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया