गच्छदार बने कांग्रेस उपसभापति, महासमिति बैठक सर्‍याे

 कात्तिक २०, २०७५ मंगलबार १६:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा नै हुने छ । 

मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनको अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको मिति सार्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

महासमिति बैठकमा पेस हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पनि अन्तिम रुप दिन बाँकी छ । 

यस्तै मंगलबारको बैठकले विजयकुमार गच्छदारलाई पार्टी उपसभापति मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति मनोनित गर्नुभएको हो । यस्तै बैठकले भातृ संगठन व्यवस्थित गर्नका लागि विमलेन्द्र निधिको संयोजकत्वमा समिति पनि गठन गरेको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया