बर्खास्तीमा परेका स्थापित भन्छन, मुख्यमन्त्री पौडेलको सीआईएसँग साँठगाँठ छ

 कात्तिक २०, २०७५ मंगलबार १६:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले सीआईएसँग साँठगाँठ गरिरहेको गम्भीर आरोप लगाउनु भएको छ । सीअार्इए अमेरिकी गुप्तचर संस्था हाे ।

स्थापितले संविधान, कानुन विपरित अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दाबी गर्दै तिहारपछि उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रदेश राजधानी हेटाैंडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दाबी गर्नुभयो ।

स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रिपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले पदबाट बर्खास्त गर्नु भएको थियो ।

स्थापितले मुख्यमन्त्री पौडेलले आफूमाथि अनियमितता गरेको आरोप लगाएपछि मन्त्रिपरिषद बैठकमा त्यसको प्रतिवाद गर्नु परेको स्पष्टिकरण पनि दिनु भएको थियो । उहाँले आफूले अनियमितता गरेको पुष्टि गरेर देखाउन पनि मुख्यमन्त्री पौडेललाई चुनौति दिनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया