च्याम्पियन लिगमा लिभरपुल रेडस्टारसँग पराजित

 कात्तिक २१, २०७५ बुधबार ८:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिग अन्तरगत समूह चरणको खेलमा लिभरपुल सर्वियन क्लब रेड स्टारसँग पराजित हुँदा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो ।

यस्तै पेरिस सेन्ट जर्मेनले पनि नापोलीसँग बराबरीमा चित्त बुझायो । सर्वियामा भएको खेलमा लिभरपुल दुई शुन्यले पराजित भयो । समूह चरण अन्तरगत नै घरेलु मैदानमा चार शुन्यले हराएको लिभरपुल रेडस्टारको मैदानमा भने पूर्णरुपमा दवावमा पर्यो । सन् १९७३ पछि रेड स्टारको मैदानमा उत्रिएको लिभरपुलविरुद्ध घरेलु टिमको जितमा दुवै गोल पापकोभले गरे ।

आधा घण्टा भित्रनै पापकोभले दुई गोल गरेका थिए । खेलको २२ औं मिनेटमा उनकै गोल मार्फत रेडस्टारल अग्रता बनाएको थियो । त्यसपछि २९ औं मिनेटमा पुनः पापकोभले रेडस्टारको अन्तर दुई शुन्यमा पुर्याए ।

त्यसपछि लिभरपुलले कमब्याक गर्ने हरप्रयासलाई रेडस्टारले असफल बनायो । हारसँगै लिभरपुलले समूह सी मा तीन अंकको अग्रता बनाउने मौका पनि गुमायो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया