म्यान्चेष्टर सिटीलाई कार्वाही गर्न ला लिगाले दियो दवाव

 कात्तिक २१, २०७५ बुधबार ८:५८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

आर्थिक अनुसन्धान उल्लंघन गरेको विषयमा म्यान्चेष्टर सिटीको विरुद्धमा युरोपेली फुटबल महासंघ युईएफएले कदम चाल्नु पर्ने दवाव स्पेनिस ला लिगाले दिएको छ ।

युइएफएले कदम चाल्न नसकेमा स्पेनिस ला लिगाले युरोपियन युनियनमा जाने चेतावनी समेत दिएको छ । जर्मनीबाट प्रकाशन हुने डेर स्पेगेलका अनुसार म्यान्चेष्टर सिटीले युईएफएको फाइनान्सियल फेयर प्लेको नियमलाई लत्याउँदै खेलाडीको फोटो अधिकार समेत आफू निहित राखेको छ ।

त्यससँगै सिटीले आफ्नो खाताबाट करोडौं रकम लुकाएको कागजपत्र डेर स्पेगेलले सार्वजनिक गरेको थियो । सिटीका कार्यकारी प्रमुख फेरान सोरियानोले आर्थिक अनुशासनका विरुद्ध लड्ने र लड्न सकिएन भने सो नियमलाई फुटबल विकासको विश्वव्यापी बाधक र शत्रु बनाइदिने कागजपत्रमा उल्लेख गरेका छन् ।

डेर स्पेगेलका अनुसार सोरियाको नेतृत्वमा म्यान्चेष्टर सिटीले सञ्चालन खर्च निकै घटेको छ । क्लबको खर्च हुन अन्यत्र व्यवस्थापन गरेका छन् । कन्जभेटिभ पार्टीका दाता समेत रहेका डेबिड रोल्याण्ड र उनका छोरा जोनाथनले खेलाडीको फोटो अधिकारका लागि समेत सिटीलाई रकम तिरेको काजगपत्रमा देखिएको छ ।

फोर्दामसँगको सहकार्यका कारण सिटीले लाखौं पाउण्ड बचाउन सफल भएको थियो । २६ मिलियन पाउण्डलाई सिटीले मार्केटिङको ‘अतिरिक्त आम्दानी’ भनेको छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया