सिंगो पार्टीको सभापति बन्न देउवालाई कांग्रेस नेतृ कोइरालाको सुझाव

 कात्तिक २१, २०७५ बुधबार १२:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गर्नुभएको छ ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा नेतृ कोइरालाले देउवालाई प्रश्न गर्नुभयो, ‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’
‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर हामीसँग सल्लाह लिनुभएन्’, नेतृ कोइरालाले भन्नुभयो, ‘सल्लाह लिएको भए राम्रो हुने थियो ।’

पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि पनि सहमति, सहकार्य र एकताको आवश्यकत्ता रहेको उहाँको भनाई थियो । ‘सभापतिज्यू, कुनै एक गुटकोजस्तो सभापति बन्नुभएन’, नेतृ कोइरालाले भन्नुभयो, ‘अब सिँगो पार्टीको सभापति बन्नुपर्यो ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले सभापति देउवाले पार्टीभित्रको गुटलाई अन्त्य गर्न नसकेको आरोप लगाउनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया