अमेरिकी चुनाव : सिनेटमा ट्रम्पको पार्टी रिपब्लिकनको पक्कड रहने संकेत

 कात्तिक २१, २०७५ बुधबार १३:८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको पकड रहने देखिएको छ ।

सिनेटका एक सय मध्ये ३५ सिटका लागि भएको चुनावमा अहिलेसम्म महत्वपूर्ण जित निकाल्दै सिट संख्या ५० बनाएपछि सिनेटमा रिपब्लिकनको पकड कायमै रहने भएको हो । सिनेटमा डेमोक्याट्रिक पार्टीले अहिलेसम्म ३८ सिट बनाएको छ ।

तल्लो सदनमा भने डेमोक्याट्रिक पार्टीको पकड हुने देखिएको छ । यस्तै कोलोराडोमा ऐतिहासिक जित निकाल्दै जेराड पोलिस राज्यको गभर्नर पदमा विजयी हुने पहिलो समलिङ्गी पुरुष भएका छन् ।

उनी डेमोक्याट्रिक पार्टीको तर्फबाट चुनाव लडेका थिए । अमेरिकामा मंगलबार भएको मध्यवधि चुनावको मत परिणाम आउने क्रम चलिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया