इटहरीको मुख्य बजारमा रहेको पसलमा आगलागी

 कात्तिक २१, २०७५ बुधबार १४:२३:३१ | सुमन पुरी
unn.prixa.net

सुनसरी – इटहरीको मुख्य चोकमा रहेको एक पसलमा आगलागी भएको छ । 

दिउँसो साढे एक बजे लागेको आगो निभाउनका लागि सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, सुन्दरहरैचाका दमकल पुगेका छन । प्रहरीका अनुसार सामसुङ शोरुम रहेको घरमा लागेको आगलागीको कारण खुल्न सकेको छैन । 

आगो निभाउन प्रहरी र ठूलो संख्यामा नगरबासीहरु पनि लागेका छन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया