कुलमान घिसिङ आफै भार प्रेषण केन्द्रमा बसेर काम गर्ने, आज देशै झलमल्ल हुने

 कात्तिक २१, २०७५ बुधबार १५:५९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङले बुधबार बेलुकी आफै भार प्रेषण केन्द्रमा बसेर देशैभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गर्नुहुनुे भएको छ । 

घिसिङले काठमाडौंको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरिका ठूला जलविद्युत केन्द्रबाट उत्पादन भएको बिजुली, भारतबाट आयात भएको बिजुली, तथा मागको बारेमा जानकारी लिनुहुनेछ । कतै केही गडबढी भएर लोडसेडिङ भएमा समस्या समाधान गर्न उहाँले तत्कालै निर्देशन दिने प्राधिकरणले जनाएको छ । 

आज देशैभरि उज्यालो राख्न कुनै कसर बाँकी नराख्ने प्राधिकरणले जनाएको छ । त्यसको लागि ठूला जलविद्युत केन्द्र, सवस्टेसन र वितरण केन्द्रमा कर्मचारी र प्राविधिक सामग्री तयार अवस्थामा राखिएको छ ।

वर्षभरिकै सबैभन्दा धेरै विद्युत माग हुने दिन आज हो । आज १२ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । तर १३ सय ५० मेगावाटसम्म माग भएमा पनि धान्न सक्ने प्राधिकरणले जनाएको छ । 

आजकै मागलाई आधार मानेर प्राधिकरणले वर्षभरिको माग र आपूर्तिको लागि योजना बनाउने छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया