उपसभामुख तुम्बाहाम्फे बेलायतमा

 कात्तिक २२, २०७५ बिहिबार ६:५९:१२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – उपसभामुख शिवमाया तुम्बाहाम्फे बुधबार बेलायत जानुभएको छ ।

महिलालाई मताधिकार प्रदान गरिएको १०० वर्ष पुगेको सन्दर्भमा कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम छ । उहाँले बेलायतमा नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुने छ ।

यही कात्तिक २४ गते ‘भिजिट नेपाल– २०२०’ को प्रवर्द्धनका लागि उच्चस्तरीय समिति घोषणा गर्न बेलायतस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख तुम्बाहाम्फे सहभागी हुने कार्यक्रम छ ।

‘ब्रिटेन– नेपाल चेम्बर अफ कमर्स’सँगको सहकार्यमा कात्तिक २७ गते नेपाली दूतावासमा आयोजना हुने ‘नेपाल डेभलपमेन्ट कन्फरेन्स’मा पनि तुम्बाहाम्फे सहभागी हुने उहाँका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया