च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको फराकिलो जित, जेससले गरे ह्याट्रिक

 कात्तिक २२, २०७५ बिहिबार ७:४८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेकाे छ ।

म्यान्चेस्टर सिटी युक्रेनको शख्तर डोनेक्सलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै समूह एफबाट नकआउट चरण नजिक पुगेको छ । घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीका लागि ब्राजिलियन स्ट्राइकर गाब्रियल जेससले ह्याट्रिक पूरा गरे । उनले दुई गोल पेनाल्टीमा गरे भने एक गोल खेलको अन्तिम मिनेटमा गरेका थिए ।

त्यस्तै डेभिड शिल्भा, रहिम स्टर्लिङ र रियद मेहेरेजले एक एक गोल गरे । जितसँगै सिटीको ९ अंक भएको छ ।
 

अन्तिम अपडेट: कात्तिक २५, २०७५

तपाईको प्रतिक्रिया