दिपावली गर्दा जीप जल्यो, एकजनाको ज्यान गयो

 कात्तिक २२, २०७५ बिहिबार ११:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सर्लाही – ब्रम्हपुरी गाउँपालिका-७ नोकेलवामा आगोलागी दिपालीका लागि जीपमा बत्ती बाल्दा जीप नै जलेर नष्ट भएको छ । जीपभित्र सुतेका एकजनाको पनि ज्यान गएको छ ।

घरको आगनमा पार्किङ गरेर राखेको बीआर ०६ एपी २०१८ नम्बरको बलेरो जीपमा दिपावली गर्न बालेको  आगो सल्किँदा जीपभित्र सुतिरहेका रामलाल रायको १२ वर्षका छोरा धनिकलाल रायको ज्यान गएको हो । जीप पूर्ण रुपमा जलेको छ ।

त्यस्तै गएराति चन्द्रनगर, गोडैता, रामनगर लगायतका स्थानमा आगो लाग्दा १४ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया