सोलुखुम्बुमा एकै दिन २ विदेशीको ज्यान गयो

 कात्तिक २२, २०७५ बिहिबार १८:४४:१४ | सुवास दर्नाल

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । 

सगरमाथा क्षेत्र भ्रमणमा आएका अस्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अस्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन् ।

यसैबीच, युक्रेनका नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि बिहीबार मृत्यु भएको छ  । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्करमा रहेको लालिगुँरास होटलमा बास बसेर मन्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब ११ः५५ को समयमा श्रीमतीसमेत सँगै भएको बेला उनको अचानक मृत्यु भएको बताएको छ । 

दुवै मृतकको शव  पोष्टमार्टमका लागि काठमाडाै‌ लगिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया