आईसीसी महिला टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु, वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा

 कात्तिक २३, २०७५ शुक्रबार ११:४६:९ | उज्यालो सहकर्मी

आईसीसी महिला टी–२० विश्वकप क्रिकेट आजदेखि वेष्ट इण्डिजमा सुरु हुँदैछ ।

डिफेन्डिङ च्याम्पियन वेष्ट इण्डिजले बंगलादेशविरुद्धको खेलबाट उपाधि रक्षाको अभियान सुरु गर्दैछ । गुयनामा हुने खेल नेपाली समय अनुसार भोलि बिहान पौने ६ बजे सुरु हुनेछ ।

त्यसअघि सोही मैदानमा भारत र न्यूजिल्याण्ड खेल्दैछन् । शनिबार बिहानै अष्ट्रेलिया र पाकिस्तानको महिला टिमबीच पनि प्रतिष्पर्धा हुँदैछ । महिला टी–२० विश्वकपमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इण्डिज छन् भने समूह बी मा अष्ट्रेलिया, भारत न्यूजिल्याण्ड, पाकिस्तान र आयरल्याण्ड छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया