गुल्मीमा जीप दुर्घटना, पाँचजना घाइते

 कात्तिक २३, २०७५ शुक्रबार १४:२३:३९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको सदरमुकाम तम्घासबाट भाडगाँउतर्फ जाँदै गरेको बा १० च ६१५२ नम्बरको जीप शुक्रबार बिहान रेसुगां नगरपालिका ३ मा रहेको भाडगाउँमा दुर्घटना भएको छ ।

दुर्घटनामापरि जीप मालिक र उनका परिवारसहित पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शुक्रबार बिहान १० बजेतिर भाइटीका लगाउन भनेर भाडगाउँ जाने क्रममा जीप दुर्घटना भएको हो ।

दुर्घटनामापरि जीप मालिक निर्मला केसी, उनका छोरा प्रवेश केसी, छोरी सन्ध्या केसी, मनिका घिमिरे र पुष्पा राना रहेका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ 

दुर्घटना परेको जीपका चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया