कोरियन भाषा परीक्षा दिने ४७ जना नक्कली विद्यार्थी पक्राउ

 जेठ २७, २०७५ आइतबार ११:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली विद्यार्थी पक्राउ परेका छन् । परीक्षाको पहिलो दिन शनिबार प्रहरीले सात वटा परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्र समेत लिएर परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो । 

जेभियर इन्टरनेशनल स्कूल बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नाबेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट ८ जनालाई पक्राउ गरिएको हो । 

दोस्रो दिन आइतबार पनि कोरियन भाषा परीक्षा भइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया