क्यालिफोर्नियामा फेरि फैलियो डढेलो : नौ जनाको ज्यान गयो, १ लाख ५० हजारभन्दा बढी विस्थापित

 कात्तिक २४, २०७५ शनिबार ८:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाको क्लालिफोर्नियाका फेरि डढेलो (आगो) फैलिएको छ । डढेलोबाट नौ जनाको ज्यान गएको छ । एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले बताएका छन् ।

अहिले पश्चिम लस एन्जेल्सबाट आगो कोष्टल क्षेत्रतिर फैलिएको बीबीसीले जनाएको छ । कोष्टल क्षेत्रको मलिबु शहरमा केही घरहरु आगोबाट डढेको बीबीसीले जनाएको छ ।  साक्रामेन्टो भन्ने ठाउँमा एउटा कारभित्र पाँचजना मृत अवस्थामा फेला परेका छन् । हावाहुरी चलेका कारण आगो झनै फैलिएको छ ।

 

शुक्रबारको मध्यरातमा नै आगो ५ हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगो गएको बुधबार कालिफोर्नियाको थाउजन्ट ओक भन्ने शहरबाट फैलिएको हो । आगलागीका कारण थाउजन्ट ओक शहरका ७५ हजार घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया